सुशील पौडेल

सुशील पौडेलका लेखहरु :

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

चलचित्रमाथि २० अंकुश

केही अधिनायकवादी मुलुकबाहेक विश्वबाटै फिल्म सेन्सरसिप हटिसक्यो । बरु फिल्मलाई वर्गीकरण गरी प्रदर्शन अनुमतिको अभ्यास भइसकेको छ । सरकार भने चलचित्र जाँचका नाममा झन्झन् अनुदार बन्दै गएको छ ।

साहसी सामबहादुर

भारतीयले नेपालीलाई दिएको उपनाम हो– बहादुर । खासगरी भारतीय सेनामा भर्ती भएका गोर्खाली सैनिकको युद्ध वीरताले कायल भारतीयहरू नेपालीलाई ‘बहादुर’ भन्छन् । सन् १९६९ जुलाईमा भारतीय सेनाध्यक्ष आफ्नो आठौं गोरखा राइफल्सको निरीक्षणका लागि पुग्छन् ।

ग्याङस्टर र भ्वायलेन्सका दुई सय मिनेट

पढाइले फिजियोथेरापिस्ट सन्दीप रेड्डी भांगामा फिल्मको भूत सवार थियो । २८ वर्षको छँदै सहायक निर्देशक भई फिल्म ‘कैदी’ मा काम गरिसकेपछि उनलाई आफैं फिल्म बनाउने महत्त्वाकांक्षा जाग्यो । अनि आफैं लेख्न थाले स्क्रिप्ट । दुई वर्ष लगाएर तयार भयो, अर्जुन रेड्डीको स्क्रिप्ट । तर, पाँच वर्षसम्म पनि पैसा लगानी गर्ने कोही भेटेनन् ।

‘बूढो बाघ’ को फिर्ती सवारी

उखानै छ, बाघ बूढो र स्याल तन्नेरी कहिल्यै हुँदैन । साहित्यमा बाघलाई शक्ति, सौर्य र दम्भको अलंकार मानिन्छ । भनिन्छ– सिकार गर्न नसक्ने अवस्थाको बूढो बाघ बरु भोकै मर्छ, तर घाँस खाँदैन । बलिउडमा सोही नामको फिल्मको हिरो भएका हिसाबले सलमान खानलाई टाइगर भनिए पनि काम र रवाफका हिसाबले असली बाघ हुन्– शाहरूख खान ।

थलाइवा : बस कन्डक्टर टु सुपरस्टार

कडा मिहिनेतबिना केही पनि पाइँदैन, जे पाइन्छ त्यो कहिल्यै फलदायी हुँदैन,’ फिल्मस्टार रजनीकान्तको यो भनाइ उनकै जीवन भोगाइ हो । ७२ वर्षको उमेर सरदर मान्छेको निवृत्तिकाल हो । तर, तिनै रजनीकान्त अझै फलदायी जीवनको रोमाञ्चक यात्रामै छन् । झन्डै पाँच दशकको अनवरत अभिनय यात्रामा संघर्ष र सफलता उनको पयार्य रह्यो । 

‘सेतो दाग’ मेट्ने प्रयासमा ओस्कार

पाँच वर्षयता अमेरिकी गोराहरू सम्मिलित हलिउडको परिधिमा सीमित हुँदै गइरहेको आरोप खेपिरहेको ओस्कारले भने ९५ औं संस्करणको अवार्ड वितरणमा भने ‘कोर्स करेक्सन’ गर्न बाध्य भएको छ । फलस्वरूप लस एन्जल्सको डल्बी थिएटरमा आइतबार साँझ आयोजित समारोहमा ‘आउट अफ द बक्स’ फिल्म र फिल्मकर्मीले अवार्ड थापेका छन् ।

आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?

हिन्दी फिल्म ‘आरआरआर’ हेरेपछि तीन पटक ओस्कार अवार्ड जितिसकेका अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्गको अभिव्यक्ति थियो, ‘एकदमै सुन्दर दृश्यात्मक शैली । हेर्न र अनुभूत गर्नका लागि एक असाधारण फिल्म ।’

माछोमाछो भ्यागुतो

डिस्क्लेमरः यदि तपाईं अनमोल केसीको बिछट्टै ठूलो फ्यान हुनुहुन्छ र उनका फिल्मको अन्ध प्रशंसक हुनुहुन्छ भने कृपया ‘२.० छड्के’ को समीक्षा नपढ्नुहोला । यसले तपाईंको चित्त दुखाउन सक्छ ।

घाइते बलिउडलाई पठानको सञ्जीवनी

कोभिडकाल पूर्वार्द्धसम्म भारतीय फिल्ममा बलिउडको एकछत्र थियो । मसलेदार फिल्म र स्टारडमको बलमा धानिएको बलिउडलाई एकाध वर्षयता भारतकै क्षेत्रीय फिल्मले जगैदेखि हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘पुष्पा’, ‘केजीएफ’ ले बलिउडमाथि धावा बोले । अहिले ‘आरआरआर’ ले त बलिउडलाई समेत धेरै पछाडि छोड्दै ग्लोबल बक्सअफिसदेखि अवार्डमा समेत देशको प्रतिनिधित्व गर्न थालिसकेको छ ।