फूलमान वल

बक्स अफिस साउन १ देखि

फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउने छन् भने कारोबार करको दायरामा समेटिनेछ ।

जिन्दगी जस्तै रंगमञ्च

‘अहो, यो त चेपुवामा पर्नेहरूको कथा रहेछ गाँठे’, हालैको साँझ शिल्पी थिएटरबाट निस्किँदै गर्दा डा. अभि सुवेदी भावुक बने, ‘हाम्रै जिन्दगीका कथा ।’ प्राज्ञ रमेश रञ्जन झाको नाटक ‘सखी’ले सुवेदीलाई आहात पारेको थियो सायद । निकट अतीतमा हामीले नै खेपिआएको द्वन्द्वग्रस्त जीवन र समयको मर्मस्पर्शी कथा थियो– मैथिली भाषाको नाटक ‘सखी’मा । यस्तोमा सुवेदीले द्वन्द्वकाल नसम्झिने कुरै भएन । मैले चाहिँ त्यही द्वन्द्वकालमै सुवेदीले लेखेको नाटक ‘अग्निको कथा’ सम्झेंँ । ज्ञान र जीवनका फराकिलो आयाम खोज्न गुम्बा छोडेर निस्किँदै गरेको भिक्षु ज्ञानलाई चिच्याएर बोलाउँदै नाटकमा भिक्षुणी पूर्णिमा भन्छिन्, ‘ज्ञान, फर्क । बाहिर कतै ठाउँ छैन ।’

रंगमञ्च कतातिर ?

योसाता पोखरा नगरी नाटकमय बन्यो । गैर्‍हापाटनस्थित गन्धर्व नाटक घरमा झन्डै एक दर्जन नाटक प्रस्तुत भए । फिल्म र रंगमञ्च अनि यसले लिनुपर्ने आगामी दिशाजस्ता सन्दर्भमा गरमागरम बहस भए ।

नेपाली फिल्म उद्योगलाई भुटानी पाठ

३ वर्षअघि भारतको नयाँदिल्लीमा भुटानी सञ्चारकर्मीहरूसँग १५ दिन सँगै अध्ययन गर्ने अवसर मिलेको थियो । मिडिया सम्बन्धी जामिया मिलिया युनिभर्सिटीको सानो कोर्सका क्रममा नेपाली र भुटानी सञ्चारकर्मीमाझ फिल्मबारे पनि कुराकानी चल्यो ।

जिउँदा ययातिहरू 

होलीको अघिल्लो साँझ । शिल्पीको गोठाले नाटकघरबाट ‘ययाति’ हेरेर निस्किँदै गर्दा ढोकैमा भेटिइन्— देउराली चाम्लिङ । उनीसँगै रोशा बस्नेत, रोजिता बुद्धचार्य, प्रियालक्ष्मी कार्की, कल्पना महर्जनलगायतको टोली थियो । केही महिनाअघिदेखि यी तन्नेरी महिला सञ्चारकर्मीहरू सगरमाथा चुम्ने ध्याउन्नमा लागिपरेका छन् ।

फूलमान वलका लेखहरु :

हिमाली गाउँको अँध्यारो कथा

एक दशकअघि हिमाल आरोहणमाथि बनेको एउटा डकुमेन्ट्री फिल्म हेर्ने मौका मिलेको थियो– हरि थापा र ओटो होनेगरको ‘शेर्पाज : दि ट्रु हिरोज अफ माउन्ट एभरेस्ट’ ।

वाग्मतीको आत्मालाप 

तिमीले नकाटिदिएको भए चोभारको डााडोबाट मलाई नबनाइदिएको भए धारिलो गल्छेडो म त यहीा तलाउ जमेर फुलिरहेको हुन्थें सायद कमलको फूल 

सम्झनामा एउटा गीत

रेडियो नेपालमा यो गीत बज्दै गर्दा म प्राय: सुन्तला बगैंचामा झार उखेलिरहेको हुन्थें या साँघुचौरको आँपघारीमा घाँस काट्दै । बुवाले सहरबाट किनेर ल्याउनुभएको जापानी टेप रेकर्डर हमेसा मै बोकेर हिँड्थें ।

घामपानीको सांस्कृतिक विश्लेषण

दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म ‘घामपानी’ यतिबेला हलहरूमा चलिरहेको छ । यो फिल्मले बाहुन र तामाङ समुदाय बीचको अन्तरजातीय विवाहमार्फत सामाजिक सद्भाव र सह–अस्तित्वको वकालतमात्रै गरेको छैन, अहिलेसम्म नेपाली फिल्ममा आउन नसकेका केही सांस्कृतिक विम्बहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ ।

‘काठमाडौंले हामीलाई पढ्दैन’

भारतीय नेपाली साहित्यमा डा. कविता लामा समालोचना र कविताका लागि चिनिन्छिन् । सिक्किम विश्वविद्यालय, नेपाली विभाग प्रमुख यिनी आदिकवि भानुभक्त आचार्यमाथि पीएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन् ।