मोहन शाही

डोटीमा लोक सेवा परीक्षार्थीको घुइँचो

यहाँका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई हिजोआज बेग्लै व्यस्तता छ । टोलबस्तीमा कसको घर खाली छ, कुन सरकारी निवासमा कति जनालाई आवासको व्यवस्था हुन सक्ने सक्ने क्षमता छ भन्दै खोजबिन गरिरहेका छन् ।

जोरायलमा एफएम सुरु नहुँदा विवाद

एम्बुलेन्स सञ्चालन, फिल्म निर्मातालाई रकम र एमएम सञ्चालनको विषयमा जोरायल गाउँपालिकामा विवाद भएको छ । एफएम सञ्चालनका लागि गाउँपालिकाले गत वर्ष दिएको बजेटको दुरुपयोग भएको भन्दै अलोचना सुरु भएपछि जनप्रतिनिधि प्रतिवादमा उत्रेका छन् । 

नीति तथा कार्यक्रम र बजेट : लोकप्रिय नाराको खोजी

स्थानीय तहलाई यतिबेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न भ्याइनभ्याइ छ । धेरैजसोले लोकप्रिय नारामा केही नयाँ कार्यक्रम ल्याउने प्रयत्नमा लागिरहेका छन् । 

किसानलाई रोपाइँको चटारो

केही दिनयताको वर्षातले पहाडी जिल्लाका किसानलाई राहत भएको छ । विगतजस्तो खडेरी नपर्ने भन्दै किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन् । खेत खनजोत गर्ने, प्रांगारिक मल हाल्ने, बीउ राख्ने काम भइरहेको छ । केही स्थानमा भने रोपाइँ नै सुरु भइसकेको छ । लेकाली क्षेत्रहरूमा दैनिक वर्षा भइरहेकाले किसानहरू रोपाइँको चटारोमा छन् ।

वडा कार्यालयको काम होटलबाट

बडीकेदार गाउँपालिका ४, मान्नाकापडीका गणेश बोहोरालाई विवाह दर्ता गर्नुपर्ने भयो । बोहोरा दम्पती विवाह दर्ताका लागि दुइत्यारमा रहेको शेरबहादुर बोहोराको होटलमा गए । होटलमा उनीजस्तै दर्ता, सिफारिसलगायत विभिन्न सेवा लिन आएकाको घुइँचो थियो । पालो कुरेरै भए पनि दर्ता प्रमाणपत्र लिएर बोहोरा घर फर्किए ।

मोहन शाहीका लेखहरु :

स्थानीय तहका योजना छनोटमा ढिलाइ

डोटीका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि समयमै योजना छनोट गर्न सकेका छैनन् । बस्तीस्तरबाट वैशाख मसान्तभित्रै छनोट गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानीय तहले निर्धारित समयमा कामै सुरु नगरेका हुन् ।

कुरुवाका भरमा क्षेत्रीय निर्देशनालय

साविकको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलस्थित कार्यालयहरू निम्न तहका कर्मचारीको भरमा छन् । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत स्थापना भएका क्षेत्रीय तथा डिभिजन कार्यालयमा प्रदेश सरकारले कर्मचारी नखटाएपछि यहाँका कार्यालय कामविहीन हुँदै छन् ।

मुक्त हलियामा लगानी खेर

मुक्त हलिया पुनःस्थापनाका लागि गरिएको करोडौंको लगानी खेर गएको छ । विभिन्न व्यक्तिको चलखेल तथा सरकारको पुनःस्थापनासम्बन्धी बनाइएको गलत नीतिका कारण डोटीमा हलिया पुनःस्थापनामा गरिएको १ करोड ५७ लाख ५० हजार बालुवामा पानी खन्याएसरह भएको छ । 

३ वर्षमा १६३ बालविवाह

मुक्त हलिया परिवारकी रूपा कोली झट्ट हेर्दा पाको उमेरकीझैं लाग्छिन् । चैतमा मात्र उनको उमेर २० वर्ष पुग्यो । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका ७ उडीतोलास्थित घरमा शनिबार साँझ ८ महिनाकी छोरीलाई दूध चुसाउँदै थिइन् ।