वेदराज पौडेल

व्यस्त राजमार्गमा घोडचढीको ‘टकटक’

चाडबाडका बेला धरान–विराटनगर सडकमा सवारीको घुइँचो छ । चाड मान्न राजधानीबाट घर फर्केकाको पनि सवारी थपिएपछि घरीघरी सडक जाम हुन्छ । गन्तव्य पुग्न हतारिरहेकालाई जाममा फस्नुपर्दाको हैरानी खपिसक्नु छैन ।

५ करोडको स्याउ बिक्री

विराटनगर महानगरपालिका–३ की उर्मिला कोइराला स्याउ किन्दै गरेकी भेटिइन् । स्याउ नै किन किन्नुभयो भन्ने जिज्ञासामा उनले भनिन्, ‘दसैंको टीका लगाउन जाँदा खाली हात जाने कुरै भएन, अन्य फलभन्दा गुणकारी भएकाले सबैको रोजाइमा स्याउ नै पर्छ ।’

पहिलो पटक नेपाल-चीन सीमामा सशस्त्र प्रहरी पोष्ट राखिने 

सीमा सुरक्षा बढाउन प्रदेश नम्बर १ का भारत र चीनसँग सीमा जोडिएका ७ जिल्लाका २७ स्थानमा सशस्त्र प्रहरी बलले नयाँ पोष्ट थप्ने भएको छ ।

विराटनगर महानगरमा बम बिस्फोटपछि... [तस्बिरहरु]

विराटनगर महानगरपालिकाको सेवाग्राही बस्ने कक्षको ब्रेन्चीमा राखिएको बम बिस्फोट हुँदा कार्यालयका फर्निचर र सिसा फुटेका छन् ।

कृषिराज्यमन्त्रीले माछा समातेपछि... [फोटोफिचर]

राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका-८ अर्ताहामा खेतमा माछा समाउने प्रतियोगिता आयोजना भयो । कृषिराज्यमन्त्री रामकुमारी चौधरीले खेतमा अरु प्रतियोगी जस्तै माछा पक्रिइन् । मन्त्रीले खेतमा माछा पक्रेपछि स्थानीयले ताली बजाए अनि सुरु भयो सेल्फी खिच्ने काम । माछा पक्रिएपछि उनले प्रतिक्रिया दिँदै भनिन्, ‘म थारुकी छोरी हुँ माछा पक्रन आउँछ ।’

वेदराज पौडेलका लेखहरु :

आरती उज्यालो

विराटनगरका जयस बोहोरा जनकपुरको गंगासागरमा आयोजना हुने गंगा आरतीमा सहभागी हुन पुगे । उनले आरतीबारे सुनेका थिए तर प्रत्यक्ष भने देखेका थिएनन् । कामको व्यस्तता र तनावबीच गंगा आरतीमा सहभागी भएका उनी आरती सकेर निस्कँदा आफ्नो छोटोमीठो अनुभव सुनाउँदै थिए, ‘वास्तवमा निकै आनन्द र मन हलुका भयो ।’

मोदीलाई स्वागत गर्न आतुर जनकपुर

प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनको काउण्ट डाउन जति निजिकिदै छ त्यतिनै आतुर छ जनकपुर नगरी मोदीको स्वागतमा । रातभरि पेन्टरहरुले वाला पेन्टिङ गरिरहेका भेन्टिन्छन् । सडक निर्माण पनि रातभरि नै चलिरहेको छ । गेटहरु पनि रातारात सजिन्छन् ।

मोदीको स्वागतका लागि सिंगारिंदै जनकपुर  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउने निधो भएपछि रातारात जनकपुर नगरीको मुहार फेरिंदै गएको छ ।

पद्‌मासनमा वृद्धको पौडी

विश्व किर्तिमान राख्नका लागि सुनसरीको इटहरीका ८१ वर्षका रामचन्द्र अधिकारीले मंगलबार २५ मिटरलामो पौडी पोखरीमा पलेटी कसेर (पद्मासनमा) उल्टो पौडी खेल्दै तीन मनेटमा पार गरेका छन् ।

इटहरी बलात्कार प्रकरण: आमाको बैंक खातामा १८ लाख

बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९/९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।