डीआर पन्त

गौराको तयारी

भारतको गुजरातमा ११ वर्षदेखि बस्दै आएका देवलका लक्ष्मीदत्त जैसीको परिवार गौरा मान्न घर फर्किएको छ । सम्भव भएसम्म उनको परिवारका सबै सदस्य हरेक वर्ष गौरा मान्न जन्मथलो फर्कने गर्छन् ।

दैजी–जोगबुढा सडक : चार दशकदेखि बजेट सकेको सक्यै

४० वर्षअघि दैजी–जोगबुढा सडकको ट्र्याक खोल्दा साँडीघाँटीका शंकर कामी पनि खटिएका थिए । यो सडक कञ्चनपुरको दैजीदेखि बैतडीको तल्लो स्वराडसम्म जोडिने उनले सुनेका थिए । त्यसयता कामीले सुदूरका दर्जनभन्दा बढी सडक खोल्न मजदुरी गरे । ती कालोपत्रेसमेत भइसके । दैजी–जोगबुढा सडक भने अझै पूरा भएको छैन । 

गाउँपालिका सार्वजनिक यातायात : टोल–टोलमा जिप

पछिल्लो समय दलबहादुर खड्का एक घण्टामै गाउँपालिका केन्द्र पुग्न सक्छन् । राजुल गाउँको मन्दिर छेउमै हरेक दिन गाउँपालिकाको गाडी आउँछ । कार्यालय खुल्नुअघि केन्द्रमा पुग्ने गाउँपालिकाको गाडी कार्यालय समय सकिनेबित्तिकै सांँझ फर्कन्छ ।

उकाली–ओराली धर्मशालाको भर

‘तेल्याको धरमशाला रम्शिलाको पानी’यै जुनी भइन भिट आउंँलो अर्की जुनी‘जति कठिन तेल्याको लेकमा भएका धर्मशालामा वास पाउन गाहो हुन्छ ,अनि तेल्या काटेपछि आउने रम्शिलामा पानी पाउन जति कठिन हुन्छ हाम्रो मिलन हुन पनि त्यति नै कठिन छ । अर्को जन्ममा भेटौंला’ डडेलधुराका कालु सार्कीले ८१ बर्षअघि आफ्ना बाजेसँग पहिलो पटक तराइ झर्दा तेल्याको लेकमा सुनेको गीतको अर्थ बताउँदै कुरा सुरु गरे । 

नाम मात्रको ग्रामीण विद्युतीकरण

विद्युत् लाइन विस्तार नभएका गाउँ छैनन् । डडेलधुराका ७ स्थानीयतह मध्ये परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका केही गाउँबाहेक जिल्लाका १७ हजार घरधुरीमा विद्युत् लाइन विस्तार भएको प्राधिकरणको तथ्यांकमा छ । तर ग्राहकले सातामा २ दिन पनि बिजुली बाल्न पाउँदैनन् ।

डीआर पन्तका लेखहरु :

वर्षातमा पनि खानेपानीको संकट

दुई सातादेखि मनसुनी वर्षा भइरहेको छ । अविरल वर्षाले गाउँमा जताततै पहिरो खसेको छ । वर्षायाममा पनि खानेपानीको अभाव हुंँदा डडेलधुराको अजयमेरु गाउँपालिकाका २ वटा वडाका बासिन्दाले गाउँ छाडेका छन् । 

३३ वर्षदेखि सिँचाइ योजना अधुरै

विकास योजनामा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण बनेको छ जिल्लाको मनसुता सिँचाइ योजना । तीन गाउँको १५ सय रोपनी सिँचाइको लक्ष्य राखेर ३३ वर्षअघि थालिएको योजना सरकारी लापरबाही र उपभोक्ताको द्वन्द्वले पूरा हुन सकेको छैन ।

दलालको कब्जामा सार्वजनिक यातायात

‘६ किलो सामान छ दाइ म यतावाट हिँंडे,’ कोहलपुरमा सवारी साधनका लागि यात्रु जुटाउने काम गर्ने शिव ओलीलाई सुर्खेतको छिन्चुवाट फोन आयो । लगत्तै महेन्द्रनगरका लागि छुट्न लागेको विंगर रोकियो ।

महाभारत क्षेत्रका बस्ती उच्च जोखिममा

रुपालका शिक्षक गंगादत्त पनेरु गाउँं छेउको रुपालीगाड (नदी) एक्कासी पानीको मात्रा घट्दै गएपछि आश्चर्यमा परेका छन् । महाभारतको सवैभन्दा उचाईमा रहेको भागेश्वर धूरावाट वग्ने रुपालीगाडमा गत बर्षदेखि पानीको मात्रा घट्दै गएको उनले अनुभव गरेका हुन् । तर यस वर्ष पानीको मात्रा घटिरहेको छ ।

रोजगार कार्यक्रममा भागबन्डा

चालु वर्षकै योजना भद्रगोल छन् । असार पहिलो सातासम्म पनि कतिपय योजनामा उपभोक्ता समिति गठन भइरहेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना भर्खर बन्न थालेका छन् तर स्थानीय तहहरूलाई ती योजना कार्यान्वयनभन्दा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न भ्याइनभ्याइ छ ।