१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

तुलाराम पाण्डे

तुलाराम पाण्डेका लेखहरु :

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

नरहरिनाथ–७ माल्कोटको उच्छव गाउँमा पहिलो पटक दुई दिने एकीकृत स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिका केन्द्रबाट ७ घण्टाको पैदल दुरीमा रहेको उच्छव गाउँमा पहिलो पटक चिकित्सकसहित जनप्रतिनिधि पुगेपछि स्थानीय खुशी भएका छन् ।

नरहरिनाथमा मनाइयो पुतली पर्व

रातो गुन्यू चोलीले सजीएकी केटी बेहुली (पुतली) र जूगा सहित पुरुषको पोसाकमा सजाएको (अर्की केटी) बेहुला (पुल्तो) बनाएर पुतली पर्व मेला मनाइएको छ । अछामको रामारोसन र कालीकोटको नरहरिनाथ क्षेत्रमा हुने बिहाबारीलाई परम्पराको रुपमा लिँदै दुई केटीलाई बेहुला बेहुली (पुल्ती) बनाएर नरहरिनाथ-५ खातीरुप्सामा मेला (पर्व) मनाइएको हो ।

कालीकोटमा बाघ-बिरालो मेला

नयाँ वर्षको  आगमनसँगै हरेक वर्ष शुभकालिका-३ भर्ता भाउसैन गाउँमा आयोजना हुने बाघ बिरालो मेला सम्पन्न भएको छ । पुर्खौदेखि चल्दै आएको मेलामा भाउसैन गाउँका ७४ घरधुरी अधिकारी खलकले बाघ बिरालो मेला आयोजना गरेर परम्परालाई निरन्तरता दिँदै आएका छन् । वैशाख १ गते तागाको दिन स्थानीय लोकेन्द्र अधिकारी बाघ बनेका थिए भने भूपेन्द्र अधिकारी बिरालो । 

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

सरकारले घोषणा गरेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन जीर्ण सडक बाधक बनेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि रारालाई मुल गन्तव्य बनाउँदै आन्तरिक र बाह्य गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपनि कर्णाली राजमार्गको स्तरोन्नतिमा ढिलाई हुँदा लक्ष्य पूरा हुने अवस्था छैन ।

कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । चैत्र २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि चैत २४ गते चुनाव भएको हो । 

नन्दादेवी कर्णलीकै नमूना विद्यालय

सशस्त्र द्धन्द्धमा हिंसाको दोहोरो मारमा परेको कालीकोटको कोटवाडास्थित नन्दादेवी मावि कर्णाली प्रदेशकै नमूना विद्यालयकोरुपमा छनोट भएको छ । सार्वजनिक शिक्षा सुधार सम्बन्धी एक जिल्ला एक नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण तथा शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत सहयोग कार्यविधि २०८० अनुसार जिल्लाका ६४ वटा माविमध्ये उत्कृष्ठ बन्दै प्रदेशको नमूना विद्यालयका रुपमा छनोट भएको हो ।

आगलागीबाट ज्यान गुमाएका चौलागाईंको परिवारलाई ३ लाख ८० हजार सहयोग

खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित वनमा लागेको डडेलामा परी ज्यान गुमाएका ५० वर्षीय नन्दाराम चौलागाईंको परिवारलाई स्थानीय युवाहरुले संकलन गरेको राहत रकम हस्तान्त्रण गरेका छन् । 

राँचुलीका अग्नीपीडितलाई  ३ वर्षपछि दोश्रो किस्ता

आगलागीले घर जलेर अर्काको गोठ र पाल मुनि बस्दै आएका तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १४ जना आगलागी पीडितले ३ वर्षपछि दोश्रो किस्ता बापतको रकम पाउने भएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले राँचुलीका आगलागी पीडितलाई प्रतिब्यक्ति २ लाख ५० हजारका दरले दोश्रो किस्ता वापतको रकम भुक्तानी दिने निर्णय गरेको हो ।