डीआर पन्त

परदेशबाट फर्केर आलु खेती

रोजगारीका लागि तेस्रो मुलुक पुगेर फर्किएका युवाको एक समूह गाउँमै आलुखेती गर्ने विचारमा लागे । विभिन्न विषयमा स्नातक ५ जनाको कुरा मिल्यो । ४० रोपनीको सिंगो प्लट जग्गा खोजे । परिवारको अंशबन्डाले टुक्र्याउने र घडेरीका लागि खण्डीकरणको चलनले सिंगो एउटै ठूलो प्लट फेला परेन । भागेश्वर–४ को नौगाउँमा मुस्किलले २७ रोपनी जग्गा पाए । 

चुरेमा पहिरैपहिरो

दलबहादुर खड्काले गत वर्ष दुई क्विन्टल माछा बिक्री गरेका थिए । गणिका नदीको १२ किलोमिटर क्षेत्रमा उनले ती माछा मारेका हुन् । यसपालि उनलाई १२ किलो माछा भेट्टाउन पनि हम्मेहम्मे पर्‍यो । यसअघि नदीको १२ किलोमिटर क्षेत्रमा सानाठूला ७ वटा ताल थिए ।

फोनबाटै १२ हजार बिरुवाको माग

दार्चुलाको नौगाड गाउँंपालिकाका कृषि प्राविधिक मुकुन्द ठगुन्ना फलफूलका बोट बिरुवा खरिद गर्न डडेलधुराको सिराड पुगेका छन् । उनले टेलीफोनमा १२ हजार बिरुवाको अर्डर गरेपछि २ सय किलोमिटरको दुरी पार गरि खरिद गर्न भागेश्वर गाउँपालिका ५ को दुर्गम सिराड पुगेका हुन ।

गाउँमा गर्भपतन सेवा, स्वास्थ्यकर्मी अपर्याप्त

डडेलधुरा अजयमेरु ५ की एक १८ वर्षीया युवतीले छिमेकी गाउँपालिका भागेश्वरको स्वास्थ्यचौकीमा पुगेर गर्भपतन गराइन् । हाडनाता पर्ने पुरुषबाट जबर्जस्ती करणीका कारण गर्भ रहेको थियो । चौकीमा उनले आफ्नो नाम र ठेगाना भने साँचो लेखाइनन् ।

चुरे क्षेत्रका वनमा डढेलो

जिल्लाका २ दर्जन सामुदायिक र कबुलियती वनमा डढेलो सल्किएको छ । डढेलो कहाँ–कहाँ लागेको भन्ने वन कार्यालयलाई समेत जानकारी छैन । चुरे क्षेत्रका घना सल्ला र सालका ४ दर्जनभन्दा बढी वन डढेलोको जोखिममा छन् ।

डीआर पन्तका लेखहरु :

अनुगमन हुँदैनन् योजना

नक्कली उपभोक्ता समिति बनाइएको पाटन नगरपालिका खैलाडको सिँचाइ योजनामा हालसम्म काम हुन सकेको छैन । बहुमत उपभोक्तालाई छलेर बनाइएको उपभोक्ता समितिले काम सुरु गर्न नसकेको स्थानीयको आरोप छ ।

पुल निर्माणमा लापरबाही

पहिलो पटक स्ल्याब राखेको चौथो दिनमा दुवैतिरका बिम भाँचिएर पुल भत्कियो । गुणस्तरहीन सामग्री प्रयोग गरेर बिम र स्ल्याब राखेका कारण पुल भत्किए पनि सडक विभागका कर्मचारी र निर्माण कम्पनीको मिलोमतोमा खोलाले बगाएको रिपोर्ट बनाइयो । प्रतिवेदनमा गुणस्तरहीन सामग्री प्रयोग भएको विषयमा कुनै उल्लेख नै भएन । 

मठमन्दिरका नाममा अनियमितता

‘यस पटक १० लाख मात्र हुन्छ अर्को आर्थिक वर्षमा ५० लाखसम्म ग्यारेन्टीका साथ हुन्छ,’ मैले भनेको रकमचाहिं सम्बन्धित ठाउँमा पुर्‍याउनुहोला । प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयका एक जना एजेन्ट र नेकपाका कार्यकर्ताबीच डडेलधुराको एउटा होटलमा भएको संवाद हो यो । ती एजेन्ट कार्यकर्ताले भनेका मठमन्दिरमा विकास बजेट पारिदिएका कारण कमिसनबापतको ३ लाख रुपैयाँ माग्दै थिए । 

अन्धविश्वासले गर्भवतीको ज्यान गयो

उपचारभन्दा धामी–झाँक्रीको भर पर्दा गन्यापधुरा गाउँपालिका ४, मेड्डीकी २८ वर्षीया गर्भवती गंगा धानुक ज्यान गुम्यो । ७ महिनाकी गर्भवती गंगालाई भारतबाट देउता लागेर सञ्चो नभएको भन्दै घर ल्याइएको थियो ।

परीक्षा नहुँदै जागिर पक्का

विद्यार्थी संख्या ४०, प्राध्यापक र कर्मचारी संख्या ७७ । विभिन्न समयमा कर्मचारी भर्नाका लागि सूचना जारी हुँदा आवेदक प्रशस्तै हुन्छन् । तर, परीक्षा नहुँदै क्याम्पस प्रशासन, राजनीतिक दल र प्रशासनका प्रतिनिधि बसेर नेताका श्रीमती, बुहारी र छोराछोरीको जागिर पक्का गर्छन् ।