दीपक अर्याल

बाइरोड बाटो र प्रेम

सन् १९५१र५२ मा गौचरमा एक अस्थायी हवाईअड्डा निर्माण भयो । भारतीय सहयोगमा सन् १९५५ मा यो स्थायी बन्यो र काठमाडौं पटना (भारत) को दूरी लगभग १ घण्टामा छोटियो । तर, सिङ्गो मुलुक र तराई भने आधुनिक यातायातका माध्यमबाट काठमाडौंसँग जोडिन सकेको थिएन ।

बासडोलमा लिच्छविकाल 

काभ्रेपलाञ्चोक जिल्लाको बासडोलमा प्राप्त भएको संवत् ५६९ को शिलालेख ५०० वर्ष लामो लिच्छविकालीन समयको महत्त्वपूर्ण अभिलेख हो । राजा वसन्तदेवको १६ तथा समग्र लिच्छविकालीन समयको २४१ वटा अभिलेखमध्येको यस शिलालेखले एकातिर नेपाली इतिहास लेखनमा नयाँ कुरा भन्नेछ भने अर्कातर्फ नेपालका विभिन्न ठाउँमा यस्ता ऐतिहासिक अभिलेख छरिएर रहेको हुन सक्ने संकेत गरेको छ । 

दसैं : मिलन वा बिछोड ?

गाउँलेलाई अचानक नयाँ समस्या आइलाग्यो  । अर्कै ठाउँबाट पढाउन आइपुगेका ‘शिक्षक–शिक्षिका’को एक जोडीलाई बस्ने व्यवस्था मिलाइदिनुपर्ने भयो  । गाउँमा भाडामा कोठा दिने चलन थिएन । त्यो प्रथा वा पेसा उनीहरूको संस्कृतिभन्दा भिन्न थियो । गाउँलेले पाहुनाको स्वागत गर्न र वर्षौं आतिथ्य दिन सक्थे, तर बहाल लिन सक्दैनथे ।

दीपक अर्यालका लेखहरु :

कृषिमा अमेरिकी सपना

समृद्धि, उन्नति, प्रगति, विकासजस्ता थेगोहरू नयाँ होइनन् । यी कुनै खास समय, नेतृत्च वा राजनीति विचारधारासँग मात्र सम्बन्धित पनि छैनन् । राणा शासन, पञ्चायत वा प्रजातन्त्र सबैका निम्ति यो थेगो प्यारो नै थियो ।

‘म मरेपछि मेरा पुस्तकहरु’

नेपालमा सबैभन्दा धेरै खोलिने तर दीर्घकालसम्म नटिक्ने संस्थाहरूमध्येको एउटा संस्था पुस्तकालय हो । खासखास राजनीतिक उथलपुथल वरिपरि पुस्तकालयहरू व्यापक मात्रामा खोलिएका छन् । तर यी जति धेरै खोलिए त्यति नै मात्रामा बन्द पनि भए ।