ओमप्रकाश ठाकुर

ओमप्रकाश ठाकुरका लेखहरु :

निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु 

सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जले, ५ घरमा आंशिक क्षति

बसबरियास्थित एक दलित बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् । अन्य पाँच घरमा आगलागीले आंशिक क्षति पुगेको छ । 

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नौ महिनापछि बजेट 

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ९ महिनापछि बल्ल बजेट पाएको छ । चन्द्रनगरमा आइतबार सम्पन्न गाउँसभाले ५९ करोड ३० लाख ५९ हजार ७६९ रुपैयाँ ७१ पैसा बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

सर्लाहीको वाग्मती नगरपालिका ४ जिरायतमा वृद्धाको हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । वाग्मती ४ जिरायतका ७० वर्षीया पार्वती महतोको मंगलबार साँझ आफ्नै घरमा हत्या भएको थियो । 

बम्जन मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश

पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका रामबहादुर बम्जनविरुद्धको मुद्दामा वादी र प्रतिवादी दुवैतर्फका वकिलहरूको लिखित बहस नोट पेस गर्न आदेश भएको छ ।

सर्लाहीको वाग्मतीमा एक वृद्धाको हत्या 

सर्लाहीको वाग्मती नगरपालिकामा मंगलबार साँझ एक वृद्धाको हत्या भएको छ । वाग्मती नगरपालिका-४ स्थित जिरायतका बैजु महतोको ७० वर्षीया श्रीमती पार्वती महतोको हत्या भएको हो । मंगलबार साँझ सवा ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १० लाखसहित पक्राउ परेकाको बयानका आधारमा प्रहरीले थप करिब १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो । 

पूर्व-पश्चिम राजमार्गमा माछा फालेर किसानको प्रदर्शन

सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । 

गाउँलेको सहयोगमा सेनाले निभाए वनको डढेलो 

सर्लाहीको चुरे क्षेत्रमा पर्ने आँपटार बस्ती नजिक आइपुगेको डढेलो स्थानीयको सहयोगमा नेपाली सेनाले निभाएका छन् । बस्ती तर्फ सल्कदै गएको आगो दुई दिन लगाएर निभाइएको हो ।