सुम्निमा चाम्लिङ

सुम्निमा चाम्लिङका लेखहरु :

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ खेलकुद विकास बोर्डले नगदसहित सम्मान गरेको छ ।

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट हुने

सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा हुने प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म चल्नेछ ।

धरानकी उषा राई मृत्यु प्रकरणले उब्जिएका प्रश्न

४२ वर्षीया उषा राई धरानमा कोठा भाडामा लिएर २ छोरीसँग बस्दै आएकी थिइन् । जीविकाका लागि धरान–१३ मा उनले कपडा सिलाउने पसल राखेकी थिइन् । गत कात्तिक ३ गते पनि सधैंझै पसलमा लुगा सिलाउँदै थिइन् उनी ।

सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् ।

तेस्रो पटकमा गच्छदारलाई हराउँदै भगवतीको संसद्‍ यात्रा

सुनसरी–३ बाट दुई पटकसम्म पराजय भोगेकी भगवती चौधरी तेस्रोपटक ऐतिहासिक जित निकाल्न सफल भएकी छन् । अपराजित यात्रामा रहेका नेपाली कांग्रेसका उम्मेदवार तथा पाँच पटकसम्म उपप्रधानमन्त्री भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।

सुनसरी- ३ (१) मा एमालेका कार्की विजयी

सुनसरी क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभा (१) मा नेकपा एमालेका रोहित कार्की विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै विजयी भएका हुन् ।

धाँधली भएको आरोपमा सञ्‍चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना स्थगित

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका प्रतिनिधिले मत गणना स्थगित गराएका छन् ।

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा

तेह्रथुमको एउटा केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधिसभाकै मतपत्रबाट मतदान भएको पाइएपछि पुनः मतदान हुने भएको छ । 

प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटियो

सुनसरीको गढी गाउँपालिका मतदान केन्द्रमा प्रतिनिधिसभातर्फको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएको छ । सुनसरी क्षेत्र नं ३ को ‘क’ अन्तर्गत गढी गाउँपालिकाका–१ मधेलीस्थित मजदुर किसान माविमा रहेको मतदान केन्द्रमा मतपत्र फरक पेटिकामा खसेको पाइएको हो ।