कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, प्रतितोला ७० हजार नजिक

राजु चौधरी

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार नजिक पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २७ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ नजिक पुगेको हो ।

सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, प्रतितोला ७० हजार नजिक

‘मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो । बुधबार एकदिनै १५ सय रुपैयाँ बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अर्को रेकर्ड हो ।’ शाक्यका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो । बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको छ ।


व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको थियो । यही क्रममा बृद्धि भए एक/दुई दिनमै उक्त मूल्य भेट्ने उनीहरुको भनाइ छ । ‘मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएपछि सुन बिक्री छैन, व्यवसायीले किन्न पनि सकेका छैनौं,’ शाक्यले भने, ‘पूँजीले भ्याउने अवस्था पनि भएन । अब व्यवसायी बन्द गर्ने अवस्थामा पुगेका छौं । पूँजी सकिएपछि खरिद गर्न सकिँदैन ।’


यो पनि

सुनको भाउ लगातार वृद्धि, शुक्रबार प्रतितोला ६५ हजार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

प्रकाशित : श्रावण २२, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?