कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०८१ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?