कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

शान्ति र हीरादेवी रहेनन्

काठमाडौ — अभिनेत्री शान्ति मास्केको ८३ वर्षो उमेरमा मंगलबार राति निधन भएको छ । मुटुको रोगबाट पीडित मास्केको भैंसेपाटीस्थित नातिनीको घरमा निधन भएको हो ।

उनी मुटुमा 'पेस मेकर' राखेर बा“चिरहेकी थिइन् । निधनलगत्तै मुटुमा रहेको 'पेस मेकर' झिक्न उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको थियो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, सञ्चारमन्त्री शंकर पोखरेल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र कलाकारहरू प्रज्ञा भवन पुगी मास्केप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
'नेपाली कला क्षेत्रको यो अपुरणीय क्षति हो,' मास्केको पार्थिव शरीरमाथि फूल चढाएपछि प्रधानमन्त्री नेपालले भने, 'उहा“ले पुर्‍याउनुभएको योगदानको राज्यले कदर गर्नेछ ।' सूचना तथा सञ्चारमन्त्री पोखरेलले '२००७ को जनक्रान्तिमा समेत मास्केको सक्रिय योगदान रहेको' सम्झना गरे । श्रद्धाञ्जलीका लागि वसुन्धरा भुसाल, भुवन चन्द, जयनन्द चन्द, युवराज लामा, धीरेन शाक्यलगायतका कलाकार पनि प्रतिष्ठान पुगेका थिए । नेपाली चलचित्रकी प्रथम नायिका चन्दले मास्केको निधनलाई 'आमा गुमाएसरह' र भुसालले चलचित्र क्षेत्रको 'आधारस्तम्भ ढलेको' बताइन् ।
उनीनिकट कलाकार मोहन निरौलाका अनुसार १९८४ मा गोरखाको तीनपीपलमा जन्मेकी मास्के अभिनय र गायनका लागि आमास“गै काठमाडौं हु“दै कोलकाता पुगेकी थिइन् । कोलकाता छ“दा केही नाटकसमेत गरेकी उनी २००७ को राणाविरोधी आन्दोलन क्रममा विराटनगर आइपुगेकी थिइन् र त्यही“ उनले तत्कालीन रेडियो प्रजातन्त्रमा जनपक्षीय गीतहरू गाएकी थिइन् । आन्दोलनको सफलतापछि राजधानी आइपुगेकी उनको २०१० मा पहिलोपटक नाटककार बालकृष्ण समस“ग भेट भएको थियो । त्यही साल उनले सिंहदरबारभित्र रहेको नाटकघरमा समकै 'अन्धवेग' नाटकमा अभिनय गरिन् ।

२०११ मा वीरबहादुर मास्केस“ग वैवाहिक बन्धनमा बा“धिएकी उनको पहिलो फिल्म 'हिजो, आज र भोलि' -२०२४) हो । त्यसपछि 'जीवनरेखा' र 'सिन्दुर' ले उनलाई र्सवाधिक चर्चा दिलाए । उनले हिन्दी चलचित्र 'किस्सा काठमान्डु' र 'पञ्चवटी' मा समेत अभिनय गरेकी थिइन् । 'कान्छी, 'पछ्यौरी,' 'के घर के डेरा', 'कस्तूरी,' 'तपस्या' लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनी २०४२ मा प्रकाश थापा निर्देशित 'सन्तान' को सुटिङ क्रममा नारायणघाटको पुलबाट हाम फाल्दा घाइते भएकी थिइन् । यही घटनाका कारण मुटुमा 'पेस मेकर' राख्नुपरेको उनले ५ वर्षघि नै नया“ 'पेस मेकर' फेरेकी थिइन् । नेपाली कला क्षेत्रमा योगदान पुर्‍याएबापत उनले गोरखा दक्षिण बाहु, उर्वशी पुरस्कार, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री पुरस्कार, चरित्र अभिनेत्री पुरस्कारलगायत दर्जनौं सम्मान पाएकी थिइन् ।
नेपाल चलचित्र कलाकार संघको संस्थापक संयोजकसमेत रहेकी मास्के चलचित्र विकास बोर्डमा सल्लाहकार थिइन् । हालको नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व र पदाधिकारी छनोट समितिमा समेत उनी थिइन् । पछिल्लो समय उनी भैंसेपाटीस्थित नातिनी पर्ने लतिकाको घरमा बस्दै आएकी थिइन् । तीन पत्नीमध्ये कान्छी मास्केको कुनै सन्तान छैनन् । उनको बुधबार दिउ“सो पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । सौतेनी छोरा नारायण मास्केले उनलाई दागबत्ती दिएका थिए ।



-----------



पर्वत पोर्तेल

सिलिगुडी- ७० को दशककी चर्चित पर्ूर्वेली ठेट लोक गायिका हीरादेवी वाइबाको बुधबार बिहान निधन भएको छ ।
भारतको सिलिगुडी नजिकको कदमतालास्थित भानु नगरमा बसोबास गर्दै आएकी ७१ वषर्ीया वाइबाको आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएपछि उपचार हु“दाहु“दै निधन भएको हो । मंगलबार बिहान साढे १० बजेतिर आगो ताप्ने क्रममा साडीमा आगोको लप्पा सल्किएर उनी घाइते भएकी थिइन् ।
घरमा उनी एक्लै भएकाले आगलागीबाट गम्भीर घाइते भएको दार्जिलिङ निवासी संगीतकार मणिकमल क्षेत्रीले बताए । दार्जिलिङमा हिउ“ परेका कारण सिलिगुडीमा शीतलहर बढेपछि वाइबा मंगलबार बिहानैदेखि घरैमा आगो तापिरहेकी थिइन् । अचानक सल्किएको आगोले उनको घु“डामाथिको आधाभन्दा बढी भाग जलेको थियो । स्थानीयवासीको सहयोगमा तत्काल नजिकैको उत्तर बंगाल मेडिकल कलेज पुर्‍याइएकी वाइबााले त्यही“ अन्तिम सास लिइन् ।
उनले आफू जलेको घटनाबारे कालिम्पोङमा रहेकी बहिनी विजया र्राईलाई फोन गरेर बताएको छिमेकी नन्दा र्राईले कान्तिपुरलाई जानकारी दिइन् । 'उहा“ आफंै गाडी चढेर अस्पताल जानुभएको थियो,' नन्दाले भनिन्, 'तर फर्किएर आउनुभएन ।' अस्पतालले उनलाई तत्काल कोलकाताका लागि रिफर गरेको थियो । नगरविकास मन्त्री अशोक भट्टाचार्य अस्पतालमै आई वाइबालाई भीभीआईपी कोटामा कोलकाता लैजाने आश्वासन दिएका थिए ।
छोरा बेलायत र छोरी थाइल्यान्डमा रहेकाले उनको अन्तिम संस्कार केही दिनपछि मात्रै गरिने दाजु अरुण वाइबाले बताए । वाइबाको निधनको खबर सुनेर टाढा-टाढाबाट आएका प्रशंसकहरूको मेडिकल कलेज तथा निवासमा बिहानैदेखि भीड लागेको थियो ।
'फरिया ल्याइदेऊ त्यही पनि रातो भनन.....' बोलको गीत उनको निकै चर्चित छ । उनले दर्जनांै गीत रर्ेकर्ड गराएका छन् । रेडियो नेपालमा पनि उनले धेरै गीत गाइन् । पिता एसएन वाइबाको प्रेरणाबाट संगीत क्ष्ँेत्रमा लागेकी उनले जीवनभर नेपाली लोकभाका संरक्ष्ँणमा योगदान दिएको उत्तर बंगाल विश्व विद्यँलयका प्राध्यापक कृष्णचन्द्र घतानीले बताए । 'उहा“ले प्रवासमा बसेर पनि नेपाली लोकभाका र संस्कृतिको संरक्ष्ँणमा ठूलो योगदान दिनुभएको छ,' घतानीले भने ।
वाइबाको मृत्यु खबरले दार्जिलिङवासी मात्र नभई सिंगो नेपाली संगीत क्ष्ँेत्र स्तब्ध बनेको छ । कान्तिपुरकर्मीले हीरादेवीको निधनको खबर सुनाउ“दा काठमाडांैमै रहेका संगीतकार कर्म योञ्जन स्तब्ध र भावविभोर भएका थिए । 'हीरा वाइबा बित्नुभएछ नि कर्म सर' भन्दा उनको बोली केही क्ष्ँण रोकियो । एकजना लोकस्रष्टा गुमाउनुपरेकोमा कर्म
दुःखित भए । भने, 'वाइबाको निधनले नेपाली संगीत आकाशमा अपुरणीय क्ष्ँति पुगेको छ ।'

प्रकाशित : माघ ६, २०६७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?