कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय गाडी चार्जर 

काठमाडौँ — दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडीसँगै ११ वटा चार्जर जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेसन साझा यातायातले यही मंगलबारबाट सञ्चालनमा ल्याएको छ। 

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय गाडी चार्जर 

साझाले सञ्चालन गर्ने सीएचटीसी ब्रान्डका विद्युतीय गाडी कम्पनीको नेपालको लागि अधिकारिक वितरक दिगो ग्रुप हो । दिगोले विद्युतीय गाडी र चार्जरको विक्रि-वितरण र सर्भिससँगै विद्युतीय गाडी भाडामा दिने र राजमार्गमा रेस्ट स्टपसमेत सञ्चालन गर्ने गरेको छ । योसँगै विद्युतीय गाडीको सम्पूर्ण इकोसिस्टम विकासमा काम गर्ने विज्ञप्तीमा उल्लेख छ । दिगोले भर्खरै सीएचटीसीसँग दिर्घकालिन सम्झौता नवीकरण गरेको छ । अब सीएचटीसी ब्रान्डका माइक्रोबस, मिनिबस तथा बसहरूसमेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिइएको छ । चार्जरको उद्घाटन समारोहमा उपस्थित दिगो ग्रुपका अध्यक्ष्य राजन रायमाझीले साझा यातायातले सफा उर्जाप्रति लिएको कदमले आफू खुशी भएको बताएका थिए ।

प्रकाशित : वैशाख ४, २०८१ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?