२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

प्रभु बैंकमा मानन्धर र सिंह सञ्चालक नियुक्त

काठमाडौँ — प्रभु बैंकमा तारा मानन्धर र अंगिरमान सिंह सञ्चालक नियुक्त भएका छन् । नवनियुक्त सञ्चालकद्वयले बुधबार सपथग्रहणपछि कार्यभार सम्हालेका छन् ।

प्रभु बैंकमा मानन्धर र सिंह सञ्चालक नियुक्त

अघिल्लो साता तीन जना सञ्चालकले राजिनाना दिएपछि पद रिक्त भएको थियो । बैंकको साधारणसभाले पारित गर्ने गरी सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नवनियुक्त सञ्चालकद्वयसँग लामो समय बैंक तथा वित्तीय संस्थाको उच्च तहमा बसेर काम गरेको अनुभव छ । रिक्त एक पदमा छिट्टै सञ्चालक नियुक्त गरिने बैंकले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?