अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित

दुर्गा खनाल

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन्। उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दैघुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो।

यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा


नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए।

आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो। उनको राजीनामा दिएसंगै महाअभियोग प्रकृयालाई स्थागित गरिएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप


प्रकाशित : फाल्गुन ३, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

आधा जलाएको अवस्थामा किशोरीको शव फेला  

श्यामसुन्दर शशि

जनकपुर — उत्तरीपूर्वी धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलमा बिहीवार एक ११ वर्षीया किशोरीकाे जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

प्रहरी उपरीक्षक शेखर खनालले बिहीबार बिहान ८ बजे हरिहरपुरस्थित मगरटोलवासीहरु खेतमा काम गर्न जाने क्रममा गाउँ नजिककै उखुवारीमा किशोरीको आधा जलेको शव देखे पछि प्रहरीलाई सूचना दिएको जानकारी दिए।

मृतक किशोरी हरिहरपुर मगरटोलका देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा रसाइली भएको एसपी खनालले जानकारी दिए।

रेश्मा बुधवार राती गाउँमै आयोजित एक विवाह भोजमा सहभागी भएकी थिइन। स्थानीयले रेश्मालाई विवाहमा नाचगानमा रमाउँदै गरेको देखेका थिए। ‘विवाहस्थलबाटै कसैले किशोरीलाई ललाईफकाई वा जर्बजस्ती उखुबारीतर्फ लगेको हुनसक्ने आशंका छ। अनुसन्धान सबैथोक खुल्छ,’ एसपी खनालले भने।

घटनास्थलबाट जैविक तथा भौतिक प्रमाणहरु संकलन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए। घटनामा संलग्न भएको आशंकामा स्थानीय पाँच युवकलाई नियन्त्रणमा लिई अनुसन्धान पछि छाडिएको छ।

प्रकाशित : फाल्गुन ३, २०७५ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्