सांसद त्रिपाठीको प्रश्न- ‘गैरनेपालीलाई नागरिकता दिने कर्मचारीलाई कारबाही किन हुँदैन’
काठमाडौँ — गैरनेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई कारबाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे ।
“गैरनागरिकलाई नागरिता दिनेलाई के के कारवाही भयो सदनलाई जानकारी दिनुपर्छ, नागरिकता ऐनअनुसार दिनेलाई पनि कारवाही हुने व्यवस्था छ तर अहिलेसम्म नागरिकता खारेजी हुन्छ तर लिने र दिनेलाई के के कारवाही भनी थाहा हुँदैन किन ? ती कसैका नातेदार पर्छन् कि”, उनले भने ।
यो पनि
- ८ भारतीयको नेपाली नागरिकता खारेज
- पाँच भारतीयको नेपाली नागरिकता खारेज [मन्त्रिपरिषद्का २० निर्णयसहित]
प्रतिक्रिया