कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने

बोर्ड बैठक बुधबार बस्ने, सकभर बिहीबार‚ नभए शुक्रबार नतिजा सार्वजनिक हुन सक्ने
सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ ।

एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने

सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको बोर्डका एक सदस्यले जानकारी दिए । बैठकले मोरङलगायत विभिन्न जिल्लाबाट परीक्षामा सहभागी नक्कली परीक्षार्थीको नतिजा रद्ध गर्ने निर्णयसमेत गरेको छ ।

सोमबारको बैठकमा परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा तयारीको वि षयमा बोर्डका पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए । उनले यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै आएका छन् । ‘अब बुधबार (असार २० गते) का लागि बैठक डाकिएको छ, सकभर बिहीबार नभएर शुक्रबारसम्म नतिजा सार्वजनिक हुन सक्ने सम्भावना छ,’ ती सदस्यले कान्तिपुरसित भने ।

विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या आए नतिजा प्रकाशनको काम १/२ दिन पछाडि सर्न सक्ने जोखिम सधैं रहने कर्मचारीहरू बताउँछन् । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।

दुई विषयसम्म ननग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । उनीहरूको नतिजासहित ग्रेडसिट ईकान्तिपुरको रिजल्ट्स डट इकान्तिपुर डट कममा समेत हेर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : असार १८, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?