२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

अर्ध स्वचालित बन्दुकसहित सर्वोच्च अदालत छिर्दै थिए प्रसाईंका अंगरक्षक

सर्वोच्चबाट पक्राउ

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी अंगरक्षकलाई प्रहरीले सर्वोच्च अदालतमा हतियारसहित पक्राउ गरेको छ । शुक्रबारदेखि सुरु भएको आफ्नो मुद्दाको सुनुवाइमा आइतबार सर्वोच्च पुगेका प्रसाईंका अंगरक्षकबाट जर्मनीमा बनेको जीएसजी फाइभ लेखिएको अर्ध स्वचालित बन्दुक, एक सय राउन्ड गोली र चार थान म्यागजिन फेला परेको सर्वोच्चको सुरक्षा युनिट प्रमुख एसपी विनोद सिलवालले बताए । 

अर्ध स्वचालित बन्दुकसहित सर्वोच्च अदालत छिर्दै थिए प्रसाईंका अंगरक्षक

‘नियमित जाँचका क्रममा झोलामा हतियार फेला परेको थियो’ सिलवालले भने, ‘हामीले तत्कालै हतियारसहित त्यसका वाहकलाई थप अनुसन्धानका लागि सिंहदरबार वृत्तमा पठाएका छौं ।’ उनका अनुसार प्रसाईंको नाममा झापा जिल्ला प्रशासन कार्यालयबाट हतियारको अनुमतिपत्र र त्यसको नवीकरणको कागजसमेत फेला परेको छ । प्रहरीले अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई सिंहदरबार वृत्तमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रसाईंको नाममा लिइएको अनुमतिपत्रमा वाहकको नाम दीपक खड्का लेखिएको छ । खड्का पूर्वसैनिक भएको खुलेको छ । अदालत परिसरमा छिर्न खोज्दा हतियार फेला परेपछि सर्वोच्चमा सुरक्षा सतर्कता बढाइएको छ । ‘यसअघि यस्तो घटना भएको थिएन जस्तो लाग्छ’ सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले भने, ‘यो संवेदनशील कुरा भयो, प्रहरीले ढोकैबाट पक्राउ गरेर राम्रो काम गरेका छन् ।’


प्रकाशित : चैत्र ६, २०८० ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?