पर्यटन बोर्डमा तीन सदस्य नियुक्त
काठमाडौँ — नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त तीन सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरिएको छ ।
प्रतिक्रिया