कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

होचा सागरको सर्वोच्च शिखर चुम्ने लक्ष्य

काठमाडौँ — कास्कीको मादी गाउँपालिका–११ तासेका सागर सुनार विश्वकर्माको उचाइ मात्र तीन फिट सात इन्च छ । जन्मजात अपांग सागरका दुवै खुट्टा बांगा छन् । घाँटीको नसासम्बन्धी रोगसमेत छ उनलाई । तर पनि उनले लक्ष्य भने ठूलै लिएका छन् । त्यो हो, विश्वकै उच्च शिखर सगरमाथा आरोहण गर्ने ।

होचा सागरको सर्वोच्च शिखर चुम्ने लक्ष्य

वसन्तकालीन सिजनमा चुचुरोमा पुग्ने सागरको लक्ष्य सफल भएको खण्डमा उनले सगरमाथा आरोहण गर्ने विश्वकै होचो मान्छेको कीर्तिमान कायमसमेत गर्नेछन् । होचापुड्का संघ काठमाडौंमा आबद्ध ३० वर्षीय सागरले आरोहणका लागि आइतबार लुक्लातर्फ जाने बताएका छन् । ‘पत्रकार सम्मेलन गरेर मेरो अभियानबारे जानकारी गराएँ,’ सुनारले भने, ‘दुई/तीन दिनमा पर्यटन विभागबाट आरोहण अनुमति लिने काम सकिन्छ । त्यसपछि आइतबार खुम्बुतर्फ लाग्नेछु ।’

सगरमाथा आरोहणका लागि यो उनको दोस्रो प्रयास हो । एक वर्षअघि चौथो शिविरसम्म पुगेका उनी खराब मौसमका कारण फर्कन बाध्य भएका थिए । आरोहणका क्रममा उनी ७ हजार ९ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरसम्म पुगेका थिए । ‘गतवर्ष मौसमले साथ नदिएपछि चौथो शिविरबाटै फर्किएँ,’ सुनका गहना बनाउने पेसाबाट हाल पर्वतारोहण क्षेत्रमा आएका उनले भने । त्यतिबेला उनले होचापुड्कामाथि हुने सामाजिक विभेदविरुद्ध र जलवायु परिवर्तनको असरबारे जागरण फैलाउने उद्देश्यले सगरमाथा आरोहणको अनुमति पाएका थिए ।

आरोहण अभियानका लागि खर्च हुने करिब ८५ लाख रुपैयाँ जुटाउन सागरले सहयोग संकलनसमेत गरिरहेका छन् । रकम जुटाउन उनलाई दिदी उर्मिलाले सघाइरहेकी छन् । बुकिङ वान प्रालिको व्यवस्थापनमा आरोहण गर्न लागेका सागरका गाइड नरविन मगर छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख ४, २०८१ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?