कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

हात्ती मारेर दाह्रा तस्करी

विराटनगर — झापाको मेचीनगर–१३ कालिका सामुदायिक वन क्षेत्रको मध्य भागमा मंगलबार एक मृत हात्ती फेला परेको छ ।  करिब ४५ वर्षको उक्त भाले हात्तीको दुवै दाह्रा काटिएको पाइएको छ ।

हात्ती मारेर दाह्रा तस्करी

हात्ती संरक्षणकर्मी शंकर लुइँटेलले करिब ४० घण्टाअघि हात्ती मारिएको र हात्ती मारेलगत्तै आराको प्रयोग गरी दुवै दाह्रा काटेर लगिएको दाबी गरे । उनले भने,‘पुच्छरको रौं पनि काटेर लगिएको पाइएको छ ।’

झापामा पछिल्लो समय ४ वटा हात्तीको मृत्यु भएको छ । जसमा अधिकांश करेन्ट लगाएर मारिएको थियो । यो हात्तीलाई भने पासो थापेर मारेको हुन सक्ने संरक्षणकर्मीले जनाएका छन् । वन्यजन्तु संरक्षणकर्मी देवेन खरेलले भने,‘घटनाको प्रकृति हेर्दा दात तस्करीकै लागि हात्ती मारिएको देखिन्छ ।’

हात्तीलाई मार्न सामुदायिक वनकै मिलेमतो हुन सक्ने आशंका पनि संरक्षणकर्मीहरूको छ । हात्तीको दाह्रा र पुच्छर लाखौं रुपैयाँमा बिक्री हुँदै आएको छ । वन्यजन्तुको आखेटोपहार तस्करीमा अन्तरदेशीय गिरोह नै संलग्न रहेको अनुमान संरक्षणकर्मीको छ ।

जिल्ला वन कार्यालयका अधिकृत मेघराज राईले भने हात्ती कालगतिले मरेको हो कि कसैले मारेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले भने,‘पोस्टमार्टम गरेपछि मात्रै सबै कुरा भन्न सकिन्छ ।’

यसअघि मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा गोली प्रहार गरी हात्ती मारिएको थियो । स्थानीयले गोली चलेको आवाज सुनेपछि तस्करहरूले हात्तीको पुच्छर लगे पनि दाह्रो भने लैजान पाएका थिएनन् ।

प्रकाशित : वैशाख ४, २०८१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?