कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

खेलकुदको स्रोतसाधन, दक्ष प्रशिक्षक र पूर्वाधारमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताएका छन् । १४ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको समग्र विकास, समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका रहेको पनि बताए । 

खेलकुदको स्रोतसाधन, दक्ष प्रशिक्षक र पूर्वाधारमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति

खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले गाउँ-गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताए ।

‘नेपालको समग्र विकास, समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका हुन्छ । यति महत्त्वपूर्ण खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी छ,' उनले भने, 'गाउँ-गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ ।'

राष्ट्रपति पौडेलले खेलकुदको एउटा मुख्य आधारका रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताए । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारवाला लाग्नुपर्ने उनको भनाइ थियो । 'देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय हो । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ,' उनले भने, 'खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ । खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताए ।

प्रकाशित : वैशाख ४, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?