उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग बंगलादेशका विदेश सचिव मोमेनको भेट
काठमाडौँ — बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।
तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको विषयमा छलफल भएको बंगलादेशको विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया