कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

भ्रामक सामग्रीमा मेरो नाम जोडियो, भर्त्सना गर्छु : न्यायाधीश भट्टराई

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले 'सिधाकुरा डट कम' बाट भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन् ।

भ्रामक सामग्रीमा मेरो नाम जोडियो, भर्त्सना गर्छु : न्यायाधीश भट्टराई

'आज सिधा कुरा भन्ने सामाजिक संजालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछुु,' न्यायाधीश भट्टराईको विज्ञप्तिमा छ,' साथै स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन् । उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।'

सिधाकुरा डटकमले शुक्रबार बिहान चार सय मुद्दा मिलाउनका लागि सर्वोच्चका अदालतका न्यायाधीश भट्टराई नै मिलेको भन्ने ब्यहोराको फेक अडियो राखेर समाचार सम्प्रेषण गरेको थियो ।


प्रकाशित : वैशाख १४, २०८१ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?