३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संगीतकार संघका अध्यक्ष सापकोटाले फोटो खिच्न अवरोध गरे : पीजे क्लब

काठमाडौँ — फोटो पत्रकार क्लबले गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने कार्यक्रमको फोटो खिच्नेक्रममा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले दुर्व्यवहार गरेको भन्दै  आपत्ति जनाएको छ ।

संगीतकार संघका अध्यक्ष सापकोटाले फोटो खिच्न अवरोध गरे : पीजे क्लब

अध्यक्ष सापकोटाले क्लबका सदस्य तथा गोरखापत्र दैनकिका फोटो पत्रकार सुजन गुरुङलाई अध्यक्ष सापकोटाले बिनाकारण गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन' जस्तोअपमानजक शब्द प्रयोग क्लबको दाबी छ ।

'नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा २०८० फागुन १५ गते भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ' क्लबका महासचिव प्रकाश चन्द्र तिमिल्सेनाद्वारा जारी विज्ञप्तिमा छ,'आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा बाधा पुर्‍याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन ।'

क्लबले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका सापकोटासँग क्षमाचायना गर्न माग गरेको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?