२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

सुरुङमार्गमा उल्झन

पाठक पत्र

राजधानी नजिकैको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण केही दिनदेखि ठप्पै भएका समाचारहरू आइरहेका छन् । निर्माणस्थल वरपरका स्थानीयको मागमा राज्य वा सम्बन्धित निकायबाट बेवास्ता भएपछि अवरोध गरिएको भनिएको छ । यसमा राज्यले तत्काल चासो दिएर समस्या समाधानतिर लाग्न आवश्यक छ ।

सुरुङमार्गमा उल्झन

लगभग अन्त्यतिर पुगिसकेको काम रोकिन पुग्दा समय घर्कन्छ र लागत खर्च पनि थपिन जान्छ । नागढुंगाको पट्यारलाग्दो उकालो र ओरालोमा हुने चर्को सवारी जामबाट यात्रुलाई मुक्ति दिने हेतुले निर्माण भइरहेको यो सुरुङमार्ग देशकै लागि नमुना आयोजना पनि हो । यस्तो महत्त्वपूर्ण आयोजनामा पटकपटक अवरोध आइरहँदा राज्य मूकदर्शक बन्नु उदेकलाग्दो विषय हो ।

तालुकवाला मन्त्रालयमा भर्खरै आएका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले समस्या समाधानका लागि तत्काल कारबाही अगाडि बढाउन जरुरी छ । तत्परताका साथ अगाडि बढे राज्यले गर्न नसक्ने केही छैन । जहाँसम्म स्थानीय बासिन्दाको माग र आन्दोलनको कुरा छ, ती जायज छन् भने सम्बोधन गर्नेतिर र जायज छैनन् भने पन्छाएर जान ढिला गर्न हुँदैन ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : चैत्र ६, २०८० ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?