फोटोफिचर
श्रावण ३२, २०७६

प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु

लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो ।

मनमोहक तिलिचो (फोटोफिचर)

तिलिचो उच्च स्थानमा रहेको एउटा ठूलो ताल हो । यो समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा छ । तालको पानी र त्यसमाथि उडिरहेको बादलको गतिले यहाँ वेगले हावा चलिरहन्छ । बेलुकीपख र राति यहाँ बस्न कठिन भए पनि दृश्य भने अद्भुत ! हेर्न र फोटो खिच्न कम्ता रमाइलो थिएन । सिनेमाको जस्तो छिन–छिनमा दृश्य परिवर्तन भइरहन्छ । फोटोग्राफी गर्न सजिलो होस् भनेर सूर्योदय, सूर्यास्त, चन्द्रोदय र चन्द्रास्त हुने समय उपयुक्त हुन्छ । तालमाथिको तिलिचो पिकबाट ‘सनसेट’ हुने भएकाले त्यसप्रति धेरैलाई चासो हुँदैन । भोलिपल्टको सूर्योदय नै प्रतीक्षाको विषय बन्छ । गोरख बिष्टले खिचेका तिलिचोका आकर्षक तस्बिरहरु ।

अझै उठेनन् नेपाल-भारत सीमा स्तम्भ

एक महिनाअघि लढेका सीमास्तम्भ अझै उठन सकेका छैनन् । कपिलवस्तुको सुदुर पश्चिमको सीमा छुट्याउँदै बगेको दुई खोलामा ५ सीमा स्तम्भ लडेका छन् । एउटाको टुप्पो भच्चिएकोछ । असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ क्षतिग्रस्त बनेका थिए । महिना बढी भइसक्दा पनि सीमा स्तम्भ मर्मतसम्भार हुन सकेको छैन ।

श्रावण ३१, २०७६

गोसाइँकुण्डमा भक्तजन थेग्ने 'थर्पु' [तस्बिरहरु]

जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड जाने बाटो छैउमा पाल तथा प्लास्टिकले निर्माण गरिएका टहरैटहरा देखिन्छ । यसलाई थर्पु भनिन्छ । मेला भर्न आउने भक्तजनको सुविधाका लागि वर्सेनि थर्पु बनाइन्छ । गोसाइँकुण्ड पदमार्गमा जम्मा १४ वटा स्थायी होटल छन् । होटलको संख्या थोरै भएकाले भक्तजनको चापलाई थेग्न थर्पु निर्माण गरिएको हो । भक्तजनको सुविधाका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले बर्सेनी मेला अवधिभर थर्पु निर्माण गर्न अनुमति दिने गरेको छ ।

भक्तपुरमा दिवंगतको सम्झनामा ताहामचा [तस्बिरहरु]

उपत्यकामा मनाइने गाईजात्रा मध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने र ‘घिन्तात्वाङ, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’, भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको बढी चर्चा हुने गरेको छ ।

तस्बिरमा काठमाडाैंको गाईजात्रा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकाका विभिन्न स्थानमा मनाइँदैछ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

श्रावण ३०, २०७६

गोसाइँकुण्डमा घुइँचो

पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ बिहीबार सयौँ भक्तजनहरुले गोसाइँकुण्डमा स्नान गरेका छन् । जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पुजा आजा तथा स्नान गर्दा आनन्द हुने विश्वास रहि आएकाले यसदिन भक्तजनहरु पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमले बताए ।

हेरौं तस्बिरमा बटुकका रक्षा बन्धन तयारी

आज जनै पूर्णिमा । श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । यसै अवसरमा भागवत सन्यास आश्रम एवम् गुरुकुलमा रहेका बटुकहरुले समेत बिहीबार सामूहिक जनै लगाएका छन् ।

तस्बिरमा हेरौं काठमाडौंको जनै पूर्णे

बिहीबार हिन्दूधर्मावलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाइरहेका छन् । बिहानैदेखि मन्दिरहरुमा सर्वसाधारणको घुइँचो लागेको छ । मन्दिरमा जनै फेर्न, डोरो बाँध्न सर्वसाधारण पुगेका छन् । यस्तै दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिएका छन् ।

श्रावण २९, २०७६

नेपालगन्जमा रक्षाबन्धनको चहलपहल (तस्बिरहरु)

दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् । मधेसी समुदायमा मनाइने यो पवित्र चाड पछिल्लो समयमा अन्य समुदायले पनि सिकेका छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीघार्युको कामाना गर्छन् । दाजुभाइले इच्छा अनुसार दिदीबहिनीलाई दक्षिणा दिने चलन मधेसी समुदायमा छ ।