कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूलको आडमा फोटोसुट

तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सहर सुन्दर बनाउन र हरियाली प्रबर्द्धनका लागि भन्दै विभिन्न स्थानमा फूलसहितका गमला राख्न थालेको छ । बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा छोटो अवधिमै महानगरले फूलिसकेका फूलसहितका गमलाहरू सडकछेउमा सजाएर राखेको हो । यसरी राखिएका फूल छेउमा उभिएर फोटो खिच्ने तथा टिकटक बनाउने क्रम पनि बढेको छ । पछिल्लो समय विशेषगरी बिजुलीबजारस्थित आर्क ब्रिजमा पुगेर साँझबिहान फोटो खिच्नेहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।


प्रकाशित : असार १८, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्