कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३१

गुराँस गन्तव्य बने डाँडा–थुम्का 

लक्ष्मी गौतम

पाँचथरको फिदिम,फालेलुङ र याङवरक क्षेत्रका वन–जंगल यतिबेला गुराँसले ढकमक्क भएका छन् । रंगीचंगी गुराँस फुलेपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।

गुराँस फुलेपछि यहाँका जंगल र डाँडा–थुम्का राताम्मे बनेका छन् । फिदिम–१४ को सुकेपोखरी,लोहकिल,देउराली र कुहिभिर क्षेत्रमा फुलेका गुराँस हेर्न सदरमुकाम फिदिमसँगै इलाम र झापाबाट समेत पर्यटक आउने गरेका छन् । बास बस्ने गरी आएका पर्यटकलाई सुकेपोखरीका स्थानीयले होम स्टे सञ्चालन गरेर सुविधा दिएका छन् ।

गुराँसको गन्तव्य बनेको सुकेपोखरी पुग्न मेची राजमार्गको इलाम–फिदिम सडकखण्डमा पर्ने पौवा भञ्ज्याङदेखि करिब ५ किलोमिटर कच्ची सडकको यात्रा गर्नु पर्दछ ।

प्रकाशित : वैशाख ५, २०८१ १६:११
प्रतिक्रिया
पठाउनुहोस्