मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ
विराटनगर — मेची नदी तरेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक बंगलादेशी नागरिकलाई भारतीय अर्ध सैनिन बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको छ ।
मेचीनगरका ३२ वर्षीय अनुप तामाङको सहयोगमा मेची तर्न लागेका बंगलादेशी नागरिक ३४ वर्षीय आलमगीर हुसेनलाई एसएसबीको ४१ बटालियन टोलीले मेची किनारबाटै पक्राउ गरेको हो ।
भारतले बंगलादेशसहित तेस्रो देशका पर्यटकलाई आउजाउ गर्न इजाजत नदिएपछि बंगलादेशी नागरिक अवैध बाटोबाट नेपाल छिर्न थालेका हुन् । यसअघि पनि अवैध रूपमा नेपाल छिर्न लागेका एक बंगलादेशीलाई एसएसबीले पानीटंकी नाकाबाट पक्राउ गरेको थियो ।
दुवै जनालाई एसएसबीले खोरीबारी प्रहरी चौकी बुझाएको र बुधबार सिलिगुडीस्थित जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : चैत्र १५, २०८० ११:३०प्रतिक्रिया