२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७९
वाग्मती

Pradesh-3

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
वैशाख १९, २०८१

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

पर्सा जिल्लामा पर्ने ठोरी चितवनबाट सबैभन्दा नजिकमा रहेको नाका हो । ठोरीमा चितवन आसपासका पहाडी भुभागका बासिन्दा नुन तेल लिन जाने गर्दथे । पछिल्ला वर्षहरुमा यो क्रम टुटेको थियो । बुधबारदेखि फेरि चितवन र ठोरीलाई जोड्ने कामको सुरुवात भएको छ ।

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित बाह्रबिसे नगर अस्पताल डाक्टरविहीन बनेपछि उपचारर्थ पुगेका बिरामी रित्तै फर्कन थालेका छन् । १३ दिनदेखि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि मेडिकलकै भर पर्नुपर्दा स्थानीय निराश छन् । 

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 
वैशाख १७, २०८१
वैशाख १६, २०८१

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 
वैशाख १५, २०८१

ढकाल वंशावली पुस्तक विमोचन

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

ढकाल वंशावली पुस्तक विमोचन

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो । 

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार