३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रे — काभ्रेमा बिहीबार बिहान साढे ११ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन् ।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

राजमार्ग हुँदै भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

सुमोमा सवार १० यात्रुमध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी सुमो चालक धनुषा जिल्लाको यज्ञभूमि नगरपालिका-८ का ५५ वर्षीय बुर्गा मगर, महोत्तरी बर्दिबासकी ५२ वर्षीया रासुदेवी महरा, बर्दिबासकी ४८ वर्षीया सुमिन्द्र देवी, महोत्तरीकी ३९ वर्षीया दुर्गा बराइली, सर्लाही लालबन्दीकी ३५ वर्षीया सबिना थपलिया, सबिनाका ८ वर्षीय छोरा सहन्या थपलिया र महोत्तरी–३ का ३४ वर्षीय सुमन बिक घाइते भएका छन् । उनीहरूको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई भकुण्डे प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?