कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडालाई नियुक्त गरेका छन् ।

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

गत चैत २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता हरिबहादुर चुमानले पहिले नै निर्णय भएको जानकारी दिए । उनलाई मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान शपथ खुवाएका छन् ।

सोही बैठकले सदस्यमा सुवास अधिकारीलाई नियुक्त गरेको छ ।

प्रकाशित : वैशाख ४, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?