कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सभा संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लागेको छ । सातवटा समितिमध्ये एमालेले ३ र कांग्रेस र माओवादीले २/२ वटा समितिको सभापतिको सहमतीय आधारमा बाँडफाँड गरेका थिए । 

लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

तीन दलको साझा सहमतिमा उम्मेदवार चयन गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले बताए ।

उनका अनुसार एमालेका भागमा परेका अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र १ (१) का सांसद राजु श्रेष्ठ, भौतिक पूर्वाधार समिति सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र २ (२) का सांसद रामजीप्रसाद घिमिरे र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधरीलाल न्यौपाने उम्मेदवार बनाएको छ ।

कांग्रेसको भागमा परेका सार्वजनिक लेखा समिति सभापतिमा बाँकेकी माया पुन र कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र १ (१) का सांसद विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् ।

माओवादीको भागमा परेको प्रदेश मामिला तथा कानुन समितिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा र सामाजिक विकास समितिको सभापतिमा गुल्मीका यमबहादुर नेपाली सार्कीलाई उम्मेदवार चयन गरिएको माओवादीका प्रमुख सचेतक थारुले बताए ।

संसदीय विषयगत समितिले सरकारका काम कारबाहीबारे छानबिन गर्ने, अनुगमन गरी खबरदारी गर्ने र सदन नचलेका समयमा समेत काम गर्न पाउँछन् ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले ७ वटा विषयगत समितिका सभापतिको निर्वाचन बुधबार हुने कार्यतालिका सार्वजनिक गरिएको बताए । लेखा, अर्थ, उद्योग तथा पर्यटन र सामाजिक विकास समितिको बुधबार बिहान ८ बजे र अरु सबै समितिको ९ बजे निर्वाचनको समय तोकिएको छ ।

मिनि संसदको रुपमा रहेको समितिमा जेष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्ने गरेर विभिन्न विषयमा दफावार छलफल गर्ने गरेपनि नेतृत्व १७ महिना देखि सभापति चयन भएको थिएन ।

प्रकाशित : वैशाख ४, २०८१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?