कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ

रुपा गहतराज

नेपालगन्ज — अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ ।

१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोटसहित तीन जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । प्रहरीका अनुसार बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?