कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भिमाको शव ६ दिनदेखि अस्पतालमै 

ज्योति कटुवाल

दैलेख — चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमान्दा भिमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै रहेको छ । दैलेखको आठबीस नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भिमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन् । उपचारको क्रममा भिमाको गत चैत २९ गते ज्यान गएको थियो । 

भिमाका श्रीमान् नमराज बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा श्रीमतीको ज्यान गएको बताए । ‘आठ महिनाको छोरी छ, उसले आमा खेज्छ म कहाँबाट ल्याउँ,' उनले भने, ‘छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाहही गर्नेलाई कारबाही नगरेसम्म पोस्टमार्टम गर्न दिइन्न ।’

उनका अनुसार भिमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारमा पुर्‍याउँदा कर्णाली अस्पतालमा ज्यान गएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको बताए ।

प्रकाशित : वैशाख ४, २०८१ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?