कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

डीबी बुढा

जुम्ला — जुम्लाको सिंजा गाउॅपालिका २ चुलेलगाउॅस्थित माध्यमिक विद्यालयमा पहिलो पटक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

चार लाख रुपैयाँ बराबरको विज्ञान सामग्री आएपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिएको प्रधानाध्यापक जयलाल खत्रीले जानकारी दिए । उनका अनुसार विज्ञान पढ्ने विद्यार्थीहरुले सामग्री नहुँदा सैतान्तिक कक्ष मात्रै लिइरहेका थिए ।

अब प्रयोगात्मक शिक्षा पनि सजिलै लिन सकिने उनले बताए । उनले भने, ‘प्रयोगशालामा आएका सामग्रीहरु पहिले शिक्षकले सिक्नेछन् । अनि विद्यार्थीहरुलाई सिकाउनेछन् । यो सँगै विद्यालयमा विज्ञान विषयमा पठनपाठन प्रभावकारी हुने ठानिएको छ ।’

२ सय ४० जना विद्यार्थी रहेको माबि चुलेल गाउॅमा प्रयोगशाला सञ्चालनमा आएसँगै विद्यार्थी र अभिभावकहरु उत्साहित छन् । प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको आर्थिक सहयोग तथा सिंजा गाउॅपालिकाको समन्वयमा विज्ञान सामग्रीहरु विद्यालयमा आएको हो । प्रधानाध्यापक खत्रीले ९१ प्रकारको विज्ञान सामग्री विद्यालयमा आएको बताए ।

पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले शिक्षा समितिका अध्यक्षसमेत रहेका गाउॅपालिका अध्यक्ष पूर्णप्रसाद धिताललाई विज्ञान सामग्री हस्तान्तरण गरेका थिए । गाउॅपालिका अध्यक्ष धितालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ वडलाई सामान हस्तान्तरण गरेपछि विद्यालयमा रिबन काटेर प्रयोगशाला सञ्चालनमा आएको घोषणा गरिएको थियो ।

प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलापमा राम्रो सन्देश फैलाउने र विद्यार्थीहरु विज्ञान विषयमा आकर्षित हुने आशा गरिएको अध्यक्ष धितालले बताए । आर्थिक स्रोत नहुँदा विद्यालयले प्रयोगशाला सामग्री खरिद गर्न सकेको थिएन । विज्ञान प्रयोगात्मक विषय हो ।'प्रयोगशाला बिनाको विज्ञान शिक्षा अधुरो नै हुन्छ,' शिक्षा शाखा प्रमुख शंकर धितालले भने, ‘विज्ञान सामग्रीहरु आइसक्यो । अब प्रयोगमा ल्याएर विद्यार्थीले उचित लाभ लिन पाउनेछन् । विज्ञान विषयमा प्रतिफल दिने गरेर पठनपाठन हुनेछ ।’ शिक्षामा २२ वटा विद्यालय छन् ।

प्रकाशित : वैशाख ५, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?