कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारदलाई पितृशोक

काठमाडौ — अभिनेता नारद खतिवडा पितृशोकमा परेका छन् ।

उनका पिता मोहनप्रसादको ६४ वर्षको उमेरमा ललितपुर-४, धोबीघाटस्थित निवासमा गत बुधबार निधन भएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । मोहनप्रसादका दुई श्रीमती, एक छोरा र तीन छोरी छन् । नारद बानेश्वर हाइटस्थित पूजा प्रतिष्ठानमा क्रियापुत्री बसेका छन् ।
३४ वषर्ीय हास्य अभिनेताले अहिलेसम्म करिब चौध फिल्म, पन्ध्र टेली सिरियल र पाँच टिभी कार्यक्रममा काम गरिसकेका छन् । उनी डेढ महिनाभित्र आठवटा आधुनिक गीत भएको एल्बम 'खुर्पाको
बिँड' बजारमा ल्याउँदै छन् । उनले यसअघि 'लुलो पाइलो,' 'बाउको बिँडो' र ' विद्यानाश' एल्बम सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : मंसिर ७, २०६८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?