२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

इंग्लिस प्रिमियर लिग : फरेस्टको चार अंक काटियो

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगको आर्थिक आचार संहिता उल्लङ्घन गरेको आरोपमा नटिङघम फरेस्टको मंगलबार चार अंक काटिएको छ । यससँगै फरेस्ट रेलिगेसन क्षेत्रमा झरेको छ ।

इंग्लिस प्रिमियर लिग : फरेस्टको चार अंक काटियो

स्वत्रन्त्र कमिटी गरेको छानविनबाट फरेस्टले सन् २०२२–२०२३ मा ठूला घाटा बेहोरेको र यसक्रममा आर्थिक आचार संहिता उल्लङ्घन गरेको तय भएको थियो । क्लबले आफूविरुद्ध गरिएको कारवाहीले निराश भएको र दुःख लागेको जनाएको छ ।

यो सिजन प्रिमियर लिगमा अंक काटिने फरेस्ट दोस्रो क्लब हो । यसअघि एभरटनको पनि १० अंक काटिएको थियो । पछि यो छ अंकमा झरेको थियो । यो कारवाहीपछि फरेस्ट २१ अंकमै सीमित रह्यो र पुछारबाट तेस्रो स्थानमा रह्यो ।

प्रकाशित : चैत्र ६, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?