२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

पुलिस र बूढानीलकण्ठ क्वाटरफाइनलमा

काठमाडौँ — आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तीन भारतीय खेलाडीसम्मिलित एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।

पुलिस र बूढानीलकण्ठ क्वाटरफाइनलमा

एभरेस्टले २४–२६, २५–१७, २५–१७, २५–२२ को नतिजा निकालेको थियो । न्यु डायमन्ड एकेडेमीले एपीएफ क्लबलाई २५–१७, १७–२५, २५–१५, २५–२३ ले हरायो ।

पुरुषतर्फ भने एपीएफ क्लब विजयी भयो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१८, २५–१७, २५–१४ को सोझो सेटमा हरायो । समूह ‘बी’ बाट एपीएफ र सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा पुगेका छन् । दुवै खेल गुमाएको जावलाखेल प्रतियोगिताबाट बाहिरिएको छ ।

सोमबार त्रिभुवन आर्मी, गण्डकी प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । आर्मीले न्युटन क्लबलाई २५–१५, २५–१२, २५–२० ले हरायो । आर्मीले यसअघि गण्डकी प्रदेशलाई पनि सोझो सेटमा हराएको थियो । गण्डकीले मणिमुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गरेको छ । समूह ‘डी’ बाट गण्डकीले क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । आर्मी ६ अंकसहित शीर्षस्थानमा छ । गण्डकी र मणि मुकुन्दको समान ३ अंक छ । न्युटनले अंक खाता खोलेको छैन ।

पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–१४, २५–२२ को सोझो सेटमा हरायो । टोली समूह ‘सी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । बूढानीलकण्ठ पनि उपविजेता हुँदै अगाडि बढेको छ ।


प्रकाशित : चैत्र ६, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?