२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

किन आए आईसीसी प्रमुख बार्कली काठमाडौंमा ?

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कली सोमबार काठमाडौं आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि आएका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

किन आए आईसीसी प्रमुख बार्कली काठमाडौंमा ?

बिहीबार फर्किनुअघि बार्कलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम छ । सोक्रममा क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर र खेलकुद नीतिका बारेमा छलफल हुने क्यानले जनाएको छ ।

नेपालले सन् २०२७ मा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप आयोजना गर्दै छ । आईसीसी प्रमुख बार्कलीले नेपालले यू–१९ विश्वकप आयोजनाका लागि गरेको तयारीको प्रगति विवरण लिने छन् । नेपाली क्रिकेटको अवस्था बुझ्न र त्यसै अनुसार सहयोग गर्न आफू नेपाल आएको बार्कलीले बताए ।


‘तपाईंहरू नै आफ्नो आकांक्षा र लक्ष्य निर्धारण गर्नुहोला, म त्यसलाई सुन्नेछु र सक्दो सहयोग गर्नेछु, मेरो भूमिका भनेको यहाँ के भइरहेछ त्यो हेर्ने र के गर्न सकिन्छ भन्ने मात्र हो,’ काठमाडौं ओर्लिएपछि आईसीसी प्रमुख बार्कलीले भने । नेपाल क्रिकेटका बलिया छिमेकीको बीचमा रहेको र त्यसको प्रभावले क्रिकेटको चाँडो विकास भइरहेको बार्कलीको बुझाइ थियो ।

प्रकाशित : चैत्र ६, २०८० ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?