२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

इंग्लिस प्रिमियर लिग : एभरटनमाथि चेल्सीको ६ गोल

एजेन्सी

लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ६-० ले पराजित गरेको छ । यो जितका नायक रहे, मिडफिल्डर कोल पाल्मर । उनले ४ गोल गरे । त्यसमध्ये सुरुआती ३ गोल पहिलो हाफको २९ मिनेटभित्र सम्भव भएको थियो ।

इंग्लिस प्रिमियर लिग : एभरटनमाथि चेल्सीको ६ गोल

यस्तै निकोलस ज्याक्सन र एलिफ गिलक्रिस्टले पनि १/१ गोल गरे । यो जितपछि चेल्सीको ४७ अंक भएको छ र नवौं स्थानमा रह्यो । चेल्सीले अब अर्को सिजन युरोपमा खेल्नका लागि प्रयास गर्न सक्नेछ ।

एभरटन भने २७ अंकमै सीमित रहेर १६ औं स्थानमा रह्यो । हारले एभरटनमाथि रेलिगेसन दबाब कामय रह्यो ।

प्रकाशित : वैशाख ४, २०८१ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?