कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

मनिताले एसियन जुडोमा खेल्ने

काठमाडौँ — नेपालकी मनिता श्रेष्ठले हङकङमा हुने एसियन जुडो च्याम्पिनयसपमा भाग लिने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।

मनिताले एसियन जुडोमा खेल्ने

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमको बिदाइ गरे र राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।

त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रसिद्ध ताम्रकार रहेका छन् । मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन् । उनी ओलम्पिक स्कलरसीप प्राप्त खेलाडी हुन् ।

प्रकाशित : वैशाख ५, २०८१ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?