कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कर्पोरेट बास्केटबल हुने

काठमाडौँ — गेट–सेट–गेमको आयोजनामा शनिबार र आइतबार न्यु ब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता हुने भएको छ ।

कर्पोरेट बास्केटबल हुने

माम्बा स्पोर्ट्स सेन्टरमा अप्रिल २७ र २८ मा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ । पुरुषमा लिगकम नकआउट र महिलामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गराइने निर्देशक श्रेया खड्काले बतान् ।

कर्पोरेट क्षेत्रमा लागेकालाई खेलकुदतर्फ आकर्षित गर्न र रिक्रिएसनका लागि बास्केटबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा) ले सहयोग गरेको छ । पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनिभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्विफ्ट टेक्नोलजी छन् ।

महिलातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, क्विनिभर्स र आइएमई पेसहित रेडक्ट नेपाल छन् ।

प्रकाशित : वैशाख १३, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?