कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सुदूरविरुद्ध मधेशको सुपर ओभरमा जित

काठमाडौँ — मधेश प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा जित पाएका छन् ।

सुदूरविरुद्ध मधेशको सुपर ओभरमा जित

मूलपानी माथिल्लो क्रिकेट मैदानमा मधेशले सुदूरपश्चिमविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित पायाो । निर्धारित २० ओभरमा स्कोर बराबर भएपछि सुपर ओभरमा धकेलियो ।

सुपर ओभरमा सुदूरले ७ रन बनाएको थियो । मधेशले उक्त लक्ष्य एक बल बाँकीमै भेट्टायो ।

टस हारेर ब्याटिङ नम्तो पाएको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । मधेशका रोहन बिकले सर्वाधिक ४६ रन र कप्तान राहुल मण्डलले २३ रनको योगदान गरे । सुदूरका शेर मल्ल, हेमन्त धामी र नरेन साउदले २–२ विकेट लिएका थिए ।

जवाफमा १२२ रनको लक्ष्य पाएको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएपछि स्कोर टाइ भयो । सुदूरपश्चिमका वसन्त खत्रीले ३८ र किरण ठगुन्नाले २३ रन बनाए । मधेशका रन्जित कुमारले ३ विकेट लिएका थिए ।

दोस्रो खेलमा कर्णालीले कोशी प्रदेशमाथि ५ विकेटले हरायो । टस जितेको कोशी १९.३ ओभरमा ९३ रनमा अलआउट भयो । कोशीका मिनास थापाले ३५, दिपेश कँडेलले २४ र सौजन घिमिरेले १८ रन बनाए ।

कर्णालीका प्लेयर अफ द म्याच दीपेन्द्र रावतले ३ विकेट र प्रकाश जैसीले पनि ३ विकेट लिए ।

जवाफमा आफ्नो नेट रनरेट सुधार गर्दै शीर्ष दुईमा पर्ने सम्भावना कायम राख्न आक्रामक ब्याटिङ गरेको कर्णालीले ६.३ ओभरमा ५ विकेट गुमाएर ९४ रनको लक्ष्य पूरा गर्‍यो । कर्णाली अझै पनि अंकतालिकामा रनरेटका कारण तेस्रो स्थानमै छ ।

कर्णालीका विपिन शाहीले १२ बलमा ३८ र मनीष थापाले १३ बलमा २७ रन बनाए । कोशीका दिपेश कँडेलले ३ र श्रवण यादवले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । लिगको अन्तिम दिन शुक्रबार वाग्मती र सुदूरपश्चिम भिड्नेछ ।

प्रकाशित : वैशाख १३, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?