कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

वर्ल्ड ट्रायथलनका अध्यक्ष कासाडो काठमाडौंमा

काठमाडौँ — वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् ।

वर्ल्ड ट्रायथलनका अध्यक्ष कासाडो काठमाडौंमा

यसक्रममा उनी पोखरा जानेछिन् । पोखरामा शनिबार २०२४ एसियनकप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ । यसमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ र यो वर्ल्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेको छ ।

नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ । वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ र उनी शुक्रबार काठमाडौं आइपुग्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले अध्यक्ष कासाडोको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेका थिए । वर्ल्ड ट्रायथलनको मुख्यालय स्विजरल्यान्डको लुसानमा रहेको छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?