प्रधानमन्त्रीले निम्छरा भनेपछि...

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्तुत अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा मंगलबार नाराबाजी भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरिरहेकै बेला सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । 

विस्तृतमा पढ्नुहोस् सरकारको नीति तथा कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले करिव १ घण्टा ५० मिनेट सरकारको नीति तथा कार्यक्रम पढ्न लगाइन् । ४६ पेज लामो नीति तथा कार्यक्रममा सरकारका महत्वकांक्षी साथै पुरानै योजनाहरु समावेश गरिएको छ ।

प्रधानमन्त्रीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न योजना आयोगलाई निर्देशन नदिइएको स्पष्टोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट पारेका छन् ।

आमसञ्चारलाई व्यवस्थित बनाउन नियामक संस्था बनाइने  

सरकारले आगामी वर्षकाे नीति तथा कार्यक्रममा आमसञ्चारलाई व्यवस्थित बनाउन नियामक संस्था बनाइने बताएकाे छ । 

अतिक्रमित सबै जग्गा सरकारी कायम गरिने

सरकारले नीति तथा कार्यक्रममा आउँदाे वर्षभित्र सबै सरकारी जग्गाहरु पुन: सरकारी कायम गरिसक्ने जनाएकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रम : सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक

सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने 

सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएकाे छ ।

यस्तो देखियो सडक राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा [तस्बिरहरु]

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उनले अपराह्न ४ बजेर १० मिनेटमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनीट संसद भवन जाँदा बबरमहलदेखि वानेश्वरसम्म यस्तो देखियो ।

५ लाख थप रोजगारी सिर्जना हुने  

सरकारले आगामी वर्ष आन्तरिक श्रम बजारमा थप ५ लाख राेजगारी सिर्जना हुने जनाएकाे छ । शुक्रबार संसद्‌मा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रममा आन्तरिक श्रम बजारमा आउँदो वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने उल्लेख गरिएकाे छ । 

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक' बनाइने

सरकारले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक' विमानस्थल बनाइने घोषणा गरेको छ । 

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने

सरकारकाे नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने जनाएकाे छ ।

यस्ता छन् सरकारका नीति तथा कार्यक्रम

सरकारले आगामी वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । संघीय संसद्‌मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरेकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम : राष्ट्रपतिले सरकारकाे प्रगति सुनाउनै खर्चिइन् २५ मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारले हालसम्म गरेको उपलब्धिको चर्चा गर्न २५ मिनेट समय खर्च गरेकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तय

सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । राष्ट्रिय सभा तथा संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले सरकारको कामले उत्साह जनक परिणाम देखिन थालेको बताइन् ।