सर्वोच्चले रोक्यो एनसेलसँगको कर असुली प्रक्रिया

सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन रोकिदिएको छ । एनसेलले दायर गरेको रिटको अन्तिम टुंगो नलागुन्जेलसम्म कर असुली प्रक्रिया अघि नबढाउन सर्वोच्चले मंगलबार आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

एनसेल प्रकरण : लाभकरको नयाँ चाल

हाम्रो अदालतबाट पर्याप्त फाइदा उठाइसकेको एनसेल आजिएटा अन्तर्राष्ट्रिय मध्यस्थता परिषद् गुहार्न पुगेको छ । करछलीलाई छोप्ने यो नयाँ नाटक हो, जसलाई चिन्न र चिर्न नेपालका नियामक निकायहरू चनाखो हुन जरुरी छ । हाम्रै अदालतबाट उसले मागे बमोजिम २३ अर्ब रुपैयाँ मुनाफा विदेश लैजान पायो ।

एनसेल प्रकरण : कानुनले के भन्छ ?

कानुन बमोजिम बाहेक कर लगाउन पाइनेछैन भन्ने सर्वमान्य सिद्धान्त विधिको शासन र खुला अर्थतन्त्रको आधार हो । त्यस्तै मान्यता अनुसार कर कानुनको व्याख्या गर्दा स्वच्छताको सिद्धान्त पालना गर्नुपर्ने हुन्छ । कानुनको प्रयोग गर्दा सारभूत कारोबार र लाभको सिर्जना कहाँ भएको छ हेर्नुपर्ने हुन्छ । स्वदेशी र विदेशी लगानीकर्ताका लागि मापदण्ड र आधार फरकफरक हुन हुँदैन । 

एनसेल सुनुवाइ हेर्दाहेर्दैमा

एनसेलसँग तत्काल कर असुल गर्न रोक लगाउने/नलगाउने भन्ने सुनुवाइलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबारदेखि सुरु छलफललाई हेर्दाहेर्दैमा राखेर मंगलबार निरन्तरता पाउने आदेश गरेको हो । 

एनसेल टावरमा विस्फोट र आगजनी : सुरक्षा चुनौती

ललितपुरलगायत कम्तीमा दश जिल्लाका एनसेल टावरमा एकै दिन शृंखलाबद्ध बम विस्फोट र आगजनीले गृह प्रशासनमाथि गम्भीर सुरक्षा चुनौती पैदा भएको छ । ललितपुरको नख्खुस्थित कार्यालयमा गराइएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट

शुक्रबार राति विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट भएकाे छ । आगजनी गर्नेकाे पहिचान हुन सकेकाे छैन । कञ्चनपुरमा भने 'जय जनता' काे नामबाट फालिएकाे पर्चा भेटिएकाे छ ।

एनसेल गेटमा बम विस्फोट : घाइते मध्ये एककाे मृत्यु, दुईजनाकाे उपचार हुँदै

नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।

एनसेल गेटमा बम विस्फोट, ३ घाइते, विप्लव समूहले गराएको आशंका

नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट गराइएको छ । विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रविन्द्रबहादुर धानुकले जानकारी दिए । घाइतेहरुको बी एन्ड बी, मेडिसिटी र अल्का अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेको सनाखत भएको छैन ।

एनसेल र आजियटाबाट कर असुल गराउन सर्वोच्चको आदेश 

एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गरेको हो ।