भारतीय लोकसभा निर्वाचन : भाजपालाई प्रचण्ड बहुमतको संकेत

भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ । अपराह्न ३ बजेसम्मको मतगणनाअनुसार चुनाव भएको ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ सिटमा अग्रता कायम राखेको छ भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) ९१ सिटमा मात्र अगाडि छ ।

भारतीय चुनावको औपचारिक नतिजा घोषणा हुनुपूर्व नै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको लोकसभा चुनावको औपचारिक नतिजा घोषणा हुनुपूर्व नै आफ्नो समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत जीतको बधाई दिएका छन् ।